गोरखा–१ मा सुधन गुरूङको अग्रता फराकिलो हुँदै
राजनीति
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ ।
पछिल्लो मत गणना अनुसार उनले ८ हजारभन्दा बढी मतले अग्रता बनाएका छन् । गुरूङले २१ हजार ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६९९ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ८ हजार १६८ मत ल्याएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
