`

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

Nepal One HD २५ फागुन २०८२ १८:२६
समाचार

काठमाडौँ । काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनुभएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *