`

खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

Nepal One HD २५ फागुन २०८२ २०:५०
राजनीति

खोटाङ। प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ ।प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएका हुन् ।

समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत खसेकामा श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र नेपाली कांग्रेसले तेस्रो धेरै मत प्राप्त गरेको छ ।

नेकपा (एमाले) ले ११ हजार ३८५, कांग्रेसले १० हजार ७०५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ आठ हजार ८७९ मत प्राप्त गर्दै चौथो बनेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *