`

मानुङकोटस्थित एक होटलमा विद्युत् चुहिएर आगलागी

Nepal One HD २९ फागुन २०८२ १०:०८
समाचार

तनहुँ। व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो ।स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *