ओलीकाे पिताकाे पशुपति आर्यघाटमा अन्तिम बिदाइ
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुबा माेहनकाे पार्थिव शरीमा छाेरा ओलीले मुखाग्नि दिए ।
९७ वर्षकाे उमेरमा माेहनप्रसादकाे भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरियामैत्री अस्पतालमा आज निधन भएको हाे ।
उनकाे अन्त्येष्टि अघि श्रद्धाञ्जली अर्पण गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, काङ्ग्रेस सभापति गगन थापा, रास्वपा नेता जगदीश खरेललगायत नेताहरु, एमाले कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।
मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
