प्रहरीले बुट बजारेकाे सञ्चारगृहमा पुगेर एमाले नेता ज्ञवालीले गरे पत्रकारकाे प्रशंसा
काठमाडाैं । प्रधानमन्त्री बालेनकाे सचिवालयले पटकपटक निर्देशन दिएपछि खटिएकाे प्रहरीले सञ्चारमाध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेकाे घटनाप्रति नेकपा एमालेले गम्भीर चिन्ता प्रकट गरेकाे छ ।
गृहमन्त्री सुधन गुरुङले ३-४ जना पत्रकार सुध्रिनुपर्ने चेतावनी दिएकाे केही दिनमै समाचार लेखेकै आधारमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीसँगै धीरज बस्नेतसहित तीन जना पत्रकार शुक्रबार बिना पुर्जी पक्राउ परेकाे र नयाँ पत्रिकाका सुरक्षा पत्रकार नवराज मैनाली, दियाेपाेष्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालगायतलाई पक्राउ गर्ने प्रयास गरेकाे घटनामा एमालेकाे यस्ताे धारणा सार्वजनिक भएकाे हाे ।
नेता प्रदीप ज्ञवालीले नयाँ पत्रिकापछि नेपाल प्रेसकाे कार्यालयमा पुगेर पत्रकारहरुसँग संवाद गर्दै उनले पत्रकारितामाथि सरकारले हस्तक्षेप गरेकाे र समाचारकाे स्राेत खाेज्न पत्रकार पक्राउ गर्ने कार्य निकै गम्भीर भएकाे पनि बताए ।
उनले निकै लामाे संघर्षपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानमै सुनिश्चित गरिएकाे अवस्थामा समाचारकक्षमै प्रहरीलाई पठाएर पक्राउ गर्ने घटनाले लाेकतन्त्र संकटमा रहेकाे संकेत गरेकाे उल्लेख गरे ।
सरकार तर्सिएकाे र असहिष्णु देखिएकाे र पत्रकारकाे मुख थुनेर सत्यलाई ढाकछाेप गर्ने बाटाेमा उद्धत भएकाे भन्दै सरकारकाे आलाेचना गरे ।
उनका अनुसार बालेन सरकारकाे नियत एकदमै गलत देखियाे । उनले निर्भिकताका साथ समाचार लेख्ने पत्रकारहरुकाे प्रशंसा गरे ।
