`

काङ्‍ग्रेस निष्कर्ष : ‘अन्तरघात’ले हारियाे, के देउवा पक्ष अन्तरघाती हाे ?

Nepal One HD ८ चैत २०८२ १२:५९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली काङ्‍ग्रेसले इतिहासमै सर्मनाक हार यसपटककाे प्रतिनिधिसभा निर्वाचनमा बेहाेर्‍याे ।

सभापति गगन थापाकाे नेतृत्वमा चुनावी मैदानमा उत्रिएकाे ‘बदलिएकाे काङ्‍ग्रेस’लाई मतदाताले पत्याएनन् । थापा स्वयम् हारे । जारी केन्द्रीय समिति बैठकमा काङ्‍ग्रेस हारकाे समीक्षा भइरहेकाे छ ।

यसबीच पार्टी प्रवक्ता देवराज चालिसले हारकाे मुख्य कारण अन्तरघात भएकाे बताएका छन् । उनका अनुसार हालै सम्पन्‍न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कम्तिमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

उनले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यत: आन्तरिक कारण जिम्मेवार रहेको देखिएको दाबी गरे ।

५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष उनले सुनाए ।

उनले भने, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौं । यो भोटको माईग्रेसन मात्रै हो कि माइन्डसेट नै माइग्रेसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौं ।

५ देखि ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट संख्याहरू २०र२१ वटा निर्वाचन क्षेत्रहरु छन् ।’

८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उनको भनाइ छ ।

तर, निर्वाचनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अन्तरघात गरेकाे भनेर किटान भने चालिसेले गरेनन् । देउवा पक्ष निर्वाचनमा निष्क्रियजस्तै बसेकाे थियाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *