युद्ध सुरु भएयता इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नष्ट
तेहरान। इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायलले जनाएको छ ।
दक्षिणी इजरायलका दुई शहरमा इरानी क्षेप्यास्त्र आक्रमणनबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्यांक सार्वजनिक गरिएको हो ।
“इरानले ४०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । हामीसँग ठूलो अवरोध दरहरू छन्,” इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीले पत्रकारहरूसँग भन्नुभयो ।
“हामीसँग लगभग ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्रलाई आकाशमा नै निस्क्रिय पारिएको छ,” उहाँले थप्नुभयो । शनिबार आक्रमण भएका शहरहरू मध्ये एक डिमोना रहेको छ, जुन इजरायलको अघोषित परमाणु शस्त्रागार भएको विश्वास गरिन्छ।
उक्त क्षेप्यास्त्रको प्रभाव शहरको आणविक केन्द्रबाट पाँच किलोमिटरको दूरीमा रहेको थियो । नजिकैको अर्को शहर अरादका धेरै भवनहरूमा ठूलो क्षति पुगेको छ ।
शनिबार प्रहार गरिएका क्षेप्यास्त्र ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा फरक नभएको र युद्धका क्रममा अहिलेसम्म यस्ता चारवटा मात्र प्रहार भएको शोशानीले बताउनुभयो ।
इजरायली सेनाले शनिबार हमला रोक्न नसकेको घटनाबारे अनुसन्धान गर्ने बताएको छ। “हामीले विगतमा धेरै आक्रमणलाई आकाशमा नै विफल बनाएका छौँ र भविष्यमा पनि यो दर कायम रहने छ,” शोशनीले भन्नुभयो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार ‘निकै कठिन साँझ’ भएको स्वीकार गर्दै साइरन बज्दा नागरिकलाई सुरक्षा केन्द्रमा जान आग्रह गर्नुभएको छ।आइतवार उहाँले अरादको भ्रमण गर्नुभएको छ । अरादबाट उहाँले शीर्ष इरानी अधिकारीहरूको खोजी जारी राख्ने प्रतिवद्धता गर्नुभयो ।“हामी इरानको रिभोलुसनरी गाड्र्स, यो आपराधिक गिरोहलाई कारबाही गरिरहेका छौं,” नेतान्याहूले घटनास्थलमा पत्रकारहरूसँग भन्नुभयो ।
“हामी व्यक्तिगत रूपमा उनीहरूको पछि लागेका छौँ, उनीहरूका नेताहरू, उनीहरूको प्रतिष्ठान, आर्थिक सम्पत्ति खोजिरहेका छौँ ।इरानी आक्रमणमा तेल अभिभको व्यापारिक क्षेत्रमा आइतबार एक व्यक्ति घाइते भएका बताइएको छ।
