एक वर्षमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए
काठमाडौँ। पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन् ।
इरान, पाकिस्तान र टर्कीबाट ३० लाखभन्दा बढी अफगानी शरणार्थी अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले जानकारी दिनुभएको छ।
“ती मुल्कबाट कुल ३१ लाख १४ हजार १०७ शरणार्थीहरू मार्च २० सम्मको एक बर्षको अवधिमा अफगानिस्तान फर्किएका छन्,” अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजन (आरटीए) ले शनिबार राति हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।
“अफगान सरकारले ती देशबाट स्वदेश प्रवेश गर्ने mनाकाहमा फर्केकाहरूलाई व्यवस्थापनका लागि लगभग चार अर्ब अफगानी नगद प्रदान गर्नुका साथै अस्थायी आश्रयहरू प्रदान गरेको छ,” आरटीएले रिपोर्ट गरेको छ ।
सरकारी तथ्याङ्क अनुसार करिब ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू कथित रूपमा छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् र उनीहरूले कानुनी कागजातबिना शरणार्थीहरूलाई आफ्नो मातृभूमि फर्कन आग्रह गरेका छन्।
