`

वैकल्पिक सभाकक्ष प्रयोग गरेर नवनिर्वाचित सांसदको सपथ

Nepal One HD ९ चैत २०८२ १५:३७
प्रमुख खबर

काठमाडाैं। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिँदैछन्। सांसदहरुको यसपटकको सपथ बानेश्वरमा नभएर सिंहदरबारस्थित नवनिर्मित संसद भवनमा हुँदैछ।  

१५६ रोपनी क्षेत्रफलमा फैलिएको संसद् भवन २०७६ सालमा निर्माण प्रक्रिया सुरु भएको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो भवनको लागत भने पाँच अर्ब रुपैयाँ रहेको छ। निर्माणाधिन संसद भवन तयार नभएपनि तत्कालका लागि वैकल्पिक सभाकक्ष प्रयोग गरेर प्रतिनिधिसभा बैठक संचालन गर्ने संसद सचिवालयको तयारी छ। तत्कालका लागि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षभित्र सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालन गर्न लागिएको हो । संसद् बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि यो सभाकक्ष प्रयोग गर्न लागिएको हो ।

बहुउद्देश्यीय सभाकक्षमा अहिले कुर्सीको व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामेरालगायत मिलाउने काम तीव्र गतिमा भइरहेको छ । सांसदको शपथ चैत १२ गते गराउने योजना अनुसार अस्थायी रूपमा नयाँ सभाकक्ष निर्माण गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

नेपाली परम्परागत वास्तुकलाको प्रयोग गरेर निर्माण गरिएको नयाँ संसद भवन भित्र भने निकै प्रविधिमैत्री छ। सिंहदरबारको संसदीय परिसरमा १२ वटा भवन छन्। जसमध्ये अहिले ६ वटा भवन प्रयोगमा ल्याउन लागिएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *