कस्ताे छ भायानेट नयाँ इन्टरनेट प्याकेज ?
काठमाडौैं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।
आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको कम्पनीको भनाइ छ।
पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सी लाई न्यूनतम स्तरमा झार्दछ।
फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन।
भायानेटले ग्राहकहरूका लागि २५० एमबिपिएसदेखि ६०० एमबिपिएससम्मका उच्च गतिको ‘वाइफाइ ६’ प्याकेजहरू उपलब्ध गराएको छ।
जसमध्ये २५० एमबिपिएस गतिको वार्षिक योजना मात्र १३ हजार ८०० रूपैयाँ (भ्याट सहित) मा प्राप्त गर्न सकिनेछ।
यस आकर्षक अफर अन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्नेछन्।
साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुऱ्याउन कम्पनीले ३ हजार ५०० रूपैयाँ (भ्याट सहित) मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि अघि सारेको छ।
साधारण राउटरले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुऱ्याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ।
