`

चुनाव हारेकाे तीन सातापछि बाेल्दै कांग्रेस सभापति गगन थापा

Nepal One HD १० चैत २०८२ १३:२४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तीन सातापछि निर्वाचनमा भएको पराजय, पार्टीको आन्तरिक मतभेददेखि आगामी बालेन सरकारका बारेमा बोल्ने भएका छन् ।

महामन्त्री प्रदीप पौडेलका अनुसार उनले आजको केन्द्रीय समिति बैठकमा बोल्ने भएका हुन् ।

निर्वाचनमा पार्टी र उनीसमेत पराजित भएपछि थापा मौन थिए । उनले सामाजिक सञ्जालका माध्यमहरूमा पनि केही लेखेका छैनन् ।

थापा लामो समय मौन रहेपछि चुनावी हारले सभापति थापा स्तब्ध बनेको धेरैले अड्कल गरेका थिए । आज भने उनले मिडियासमक्ष पनि धारणा राख्ने महामन्त्री पौडेलले बताए ।

थापाको नेतृत्वमा गत २१ फागुनमा चुनावमा गएको कांग्रेसले लज्जास्पद हार बेहोर्‍यो । थापा स्वयं सर्लाही–४ मा पराजित भएका थिए । यसपछि उनको राजीनामा मागिएको थियो ।

राजीनामा माग्नेहरू निवर्तमान सभापति शेरबहादुर देउवानिकटका नेताहरू छन् । दबाब बढ्दै जाँदा थापाले राजीनामा दिए । तर, उनको वर्चश्व रहेको विशेष महाधिवशेनबाट निर्वाचित केन्द्रीय समितिले राजीनामा अस्वीकृत गर्‍यो ।

देउवा पक्षले भने गगनको राजीनामालाई ‘कलात्मक नाटक’ भनेका थिए । नभन्दै गगनले राजीनामा दिने र उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय समितिले अस्वीकृत गर्ने काम गर्‍यो ।

यसपछि थापाले मिडियासामु बोल्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *