`

काङ्‍ग्रेसकाे क्याप्टनेका रुपमा मैले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकाे थिएँ : गगन थापा

Nepal One HD १० चैत २०८२ १३:५७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन गर्ने कुनै निर्णय आफूले त्यसै नगरेको स्पष्ट पारेका छन्।

उनले निर्वाचनमा सक्रिय रूपमा नखटिएका वा मतदान प्रक्रियामा सहभागी नभएका व्यक्तिहरूप्रतिकाे सवाल सरोकारको विषय नभएको बताएका छन्।

थापाले भने, ‘जो साथीहरू निर्वाचनमा खटिनुभयो, उहाँहरूको सुझाव मेरो लागि शिरोधार्य हुन्छ।’

सभापति थापाले राजीनामाको विषयमा उपसभापति विश्वप्रकाश शर्मासँग पहिल्यै छलफल गरेको पनि बताएका छन्। उनका अनुसार उनी निर्वाचनलगत्तै राजीनामा दिन इच्छुक थिए। ‘३ चैतमा समानुपातिक सांसदहरूको टुंगो लगाएपछि राजीनामा दिने सोचमा थिएँ,’ उनले उल्लेख गरे।

चुनावी परिणामबारे विभिन्न तर्क र विश्लेषण प्रस्तुत भइरहेका बेला थापाले ती विषयले केही हदसम्म अवस्था स्पष्ट पार्ने भए पनि अन्ततः नेतृत्वले जिम्मेवारी लिनैपर्ने धारणा राखे।

‘हामी नभएको भए के हुन्थ्यो, समय बढी पाएको भए के हुन्थ्यो भन्ने तर्कहरू छन्, तर म नेपाली कांग्रेसको सभापति र क्याप्टेन भएकाले चुनावी नतिजाको जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

यसै अनुसार उनले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा बुझाएको स्पष्ट पारे।

उनले आफू काङ्‍ग्रेसकाे क्याप्टने भएकाे भन्दै चुनावी हारकाे जिम्मेवारी नैतिक रुपमा लिँदै राजीनामा दिएकाे बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *