`

इरानसँग वार्ता गर्न ट्रम्प तयार, पठाए वार्ताका एजेण्डाहरु

Nepal One HD १० चैत २०८२ १६:२८
बिशेष

काठमाडौँ । अमेरिकाले इरानसँग वार्ता प्रक्रिया अघि बढाएकाे छ । त्यसका लागि अमेरिकाले मुद्दा (एजेन्डा) हरूको सूची पठाएको छ । बीबीसीकाे अमेरिकी साझेदार सीबीएस न्यूजको रिपोर्ट अनुसार मध्यस्थकर्ताहरूमार्फत अमेरिकाले छलफलका लागि इरानललाई एजेण्डाहरु पठाएकाे हाे ।

इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार इरानले अहिले ती प्राप्त एजेन्डाहरूको समीक्षा गरिरहेको छ। यद्यपि, यो कदम वार्ताको एउटा सम्भावित प्रारम्भिक खुड्किलो मात्र भएको र हालसम्म कुनै पनि औपचारिक वार्ता पक्का भइनसकेको रिपोर्टमा उल्लेख छ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा कुराकानी भएको दाबी गरेका थिए। तर, इरानले भने ट्रम्पको उक्त दाबीलाई तत्कालै खण्डन गर्दै कुनै पनि वार्ता नभएको बताएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *