कांग्रेसका प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले लिए शपथ
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले शपथ ग्रहण गरेका हुन् । ज्येष्ठ सदस्यका रुपमा उनलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराएपछि उनले बिहीबार (भोलि) प्रतिनिधिसभाका अन्य २७४ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् ।
केसी २०३८ सालदेखि संसदमा छन् । पूर्वमन्त्रीसमेत रहेका केसी नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
