सपथ समारोहमा ढिलो पुगेका सांसद महतोद्वारा सपथ ग्रहण
राजनीति
काठमाडौँ। प्रतिनिधिसभा सदस्यमा निर्वाचित रविन महतोले सपथ लिनुभएको छ ।सिंहदरबारस्थित संसद् भवनमा आयोजित सपथ समारोहमा ढिलो गरी पुग्नुभएका महतोले बेग्लै सपथ लिनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
प्रवक्ता गिरीले संसद्को अधिवेशन आह्वान भएपछि बैठक सञ्चालन हुनेगरी तयारी गरिएको बताउनुभयो । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरुले सपथ लिएसँगै नयाँ सरकार गठन र संसद् अधिवेशनको प्रक्रिया आरम्भ हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
