`

‘मिति २०८२ साल’ : एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

Nepal One HD १३ चैत २०८२ २१:०३
राजनीति

काठमाडौँ, १३ चैत : विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन जना प्रधानमन्त्री हुनुभएको छ । मिति २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि नयाँ प्रधानमन्त्री हुनुभएको छ भने निर्वाचन गराउने मुख्य दायित्व लिएर प्रधानमन्त्री बन्नुभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजदेखि बिदा हुनुभएको छ ।

भ्रष्टाचार अन्त्य, सुशासन कायम र सामाजिक सञ्जालको नियमित सञ्चालनको माग राखेर मिति २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको थियो । मिति २०८२ भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी प्रधानमन्त्री कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति घोषणा भएको थियो ।

रास्वपा निर्वाचनबाट १८२ स्थानमा विजयी भएको थियो । संविधानको धारा ७६ (१) अनुसार गठन भएको वर्तमान सरकारसँग भ्रष्टाचारको अन्त्य, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा काम गरिनुपर्ने जनपेक्षा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *