`

रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको बहस सकियो,न्यायाधीशहरू छलफलमा

Nepal One HD १५ चैत २०८२ १६:४२
राजनीति

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दा संशोधन प्रकरणमा सर्वोच्च अदालतमा भएको बहस सकिएको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

आइतबारको बहसमा लामिछानेका तर्फबाट पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रारम्भिक बहस गरेका थिए। त्यसपछि निवेदक पक्षले जवाफी बहस प्रस्तुत गरेको थियो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बहस सकिएपछि न्यायाधीशहरू अहिले छलफलमा रहेका छन्।

निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

उनको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि पुस ३० गते भण्डारीले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्र चलाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *