अहिलेका मन्त्रीहरू पनि जेल जाने अवस्था आउन सक्छ : ज्ञानेन्द्र शाही (भिडियो)
भिडियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले अहिलेका बहालवाला मन्त्रीहरू पनि जेल जाने अवस्था आउने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको प्रसङ्गमा उनले अहिलेका मन्त्रीहरू पनि जेल जान सक्ने अवस्था आउने बताए ।
उनले प्रतिशोध साँध्न नहुने भन्दै प्रजातान्त्रिक प्रक्रियाबाट विधिपूर्वक भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
विगतमा भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भनेर आन्दोलन गर्दा आफूमाथि चितवन र सुर्खेतमा कुटपिट भएको स्मरण गर्दै उनले कसैलाई छाड्न नहुने भनेर प्रधानमन्त्री बालेनलाई भनेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
