`

डीपी अर्याल सभामुख निर्विरोध, रास्वपा त्याग्नुपर्ने

Nepal One HD २० चैत २०८२ १५:०७
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद (डीपी) अर्याल निर्विरोध सभामुख निर्वाचित भएका छन् । तर, औपचारिक घोषणा भने हुन बाँकी छ ।

सभामुख निर्वाचित हुन १३८ सांसद चाहिनेमा रास्वपाको १८२ जना भएपछि पाँच विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएनन् ।

उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेसम्म थियो । यस अवधिमा अर्यालको मात्रै उम्मेदवार पर्‍यो, जस कारण उनी निर्विरोध भएका हुन् ।

उनी अघिल्लो प्रतिनिधिसभामा रास्वपाका समानुपातिक सांसद थिए । यसपटक भने काठमाडौं–९ बाट निर्वाचित भएर उनी संसद् आएका हुन् । अब उनले दल त्याग गर्नुपर्ने छ ।

रविलाई कुनैबेला ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेका अर्याल बन्दैछन् सभामुख


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *