खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयुक्त पद प्रदान कवाज सम्पन्न(तस्बिरहरु)
फिचर
काठमाडौं। चैत्र २६ गते खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित आयुक्त पद प्रदान कवाज कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह ले सम्बोधन गर्दै मातृभूमि र जनताप्रति समर्पित भावनासहित कठिन तालिम पूरा गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा नव आयुक्त अधिकृतहरूलाई बधाई दिए।
प्रधानमन्त्री शाहले नव आयुक्त अधिकृतहरूले सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सधैं आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग र कर्तव्यनिष्ठ रहने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा अधिकृत आधार तालिममा सहभागी १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
