`

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकर बीच भेटवार्ता

Nepal One HD २७ चैत २०८२ १७:१४
प्रमुख खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।

शुक्रबार दिउँसो भएको उक्त भेटवार्तामा दुई पक्षबीच विभिन्न विषयमा छलफल भएको हो। भेटको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै विदेशमन्त्री जयशंकरले भेटवार्ताप्रति खुसी व्यक्त गरेका छन्।

उनले भारत-नेपाल सम्बन्धलाई विभिन्न क्षेत्रमा सहकार्य गर्दै थप सुदृढ बनाउन सकिने र साझेदारीको पूर्ण सम्भावना उपयोग गर्ने विषयमा छलफल भएको पनि उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *