बलिउड गीत तुजमे खोया तुजमे पायाको सपफलतापछि सुशान्तले ल्याए धोका
काठमाडौँ । गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ । सुशान्त ढकाल र स्मारिका ढकालको अभिनय रहेको गीतमा प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको भावलाई देखाइएको छ । भिडियोमा मोडल सुशान्त र स्मारिकाको बेजोड अभिनय देख्न सकिन्छ ।
भिडियोमा सुशान्त हल्का मोटा र भिलेनको भूमिकामा देखिएका छन् । अन्य समयमा स्लिम र फिट देखिँदै आएका सुशान्त यही गीतकै लागि भनेर उनले तौल बढाएको बताए । प्रेममा हुने धोका र त्यसपछि लिइने बदलालाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको निर्देशक केशवराज भट्टले बताए । निर्देशक भट्टले आफ्ना अन्य गीतमा भन्दा यो गीतमा निकै नै मेहेनत गरेको देखिन्छ । मोडल सुशान्तले निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउ, लगायत ४ दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् ।
निकै नै कम मात्रामा छानेर मात्रै अभिनय गर्ने सुशान्त बलिउड गीत तुजमे खोया तुजमे पायामा काम गरेपछि निकै उत्साहित देखिन्छन् । सुशान्तले बलिउड गायक सोनु मिश्रको स्वर रहेको गीतमा पनि अभिनय गरेका छन् । उक्त गीतको भिडियोको नेपालमा प्रिमियर गरिएको थियो ।
धोकाका शब्द सिर्जना विष्णु भण्डारीका हुन् भने संगीत लोकप्रिय संगीस्तकार सरोज पोखरेललेको रहेको छ । दिवेश राईको एरेन्ज, मिक्सिगं मास्टरिगं रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ । भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको हो ।
