टी-२० र लिग-२ का लागि क्यानद्वारा पौडेल र ऐरीको कप्तानीमा टोली घोषणा
काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२० आई र क्रिकेट वर्ल्ड कपको लिग-२ शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।
टी-२० स्क्वाड:
दिपेन्द्र सिंह ऐरी (कप्तान),सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल ,आरिफ शेख, सन्दीप जोरा, बसिर अहेमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल
त्यस्तै, आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको लिग-२ प्रतियोगिताको लागि पनि टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
लिग-२ स्क्वाड:
रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दिप लामिछाने, ललितनारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करन केसी
अर्जुन कुमालले नेपालका लागि ओडिआई खेल्ने टोलीमा पहिलोपल्ट स्थान बनाएका हुन्। उनी भर्खरै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको सर्वाधिक रनकर्ता समेत हुन्।
