`

युनाइटेडद्वारा चेल्सी पराजित

Nepal One HD ६ वैशाख २०८३ १३:०८
खेलकुद

काठमाडौं।  इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई १-० ले पराजित गरेको छ।

खेलमा युनाइटेडको जितका लागि म्याथियस कुन्हाले गरेको एकमात्र गोल निर्णायक बन्यो। ब्रुनो फर्नान्डेसको क्रसमा ४३औँ मिनेटमा कुन्हाले बक्सभित्रबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए।

यस जितसँगै म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ५८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ। समान खेलबाट चेल्सी ४८ अंकसहित पछाडि परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *