`

महेश बस्नेतको हुङ्कार : गृहमन्त्री गुरुङको पद जाने दाबी

Nepal One HD ८ वैशाख २०८३ १७:१०
नेकपा एमाले

काठमाडौ। नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुदन गुरुङको पद ढिलो(चाँडो जाने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेता बस्नेतले गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनुपर्ने बताएका हुन् ।

उनले मन्त्री बन्नुभन्दा केही दिनअघि तातोपानी क्षेत्रसँग जोडिएको कथित घटनाको भिडियो फुटेज पत्रकारहरूले तयार पारेको दाबी पनि गरेका छन् ।

बस्नेतले ‘गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ । यदि राजीनामा नदिए ढिलो-चाँडो पद जाने निश्चित छ’ भन्दै टिप्पणी गरेका छन् ।

उनले विगतमा विवादास्पद व्यवसायी दीपक भट्टको नाम विभिन्न शीर्ष नेतासँग जोडेर बदनाम गरिएको उल्लेख गर्दै अहिले गृहमन्त्री गुरुङ र कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नामसमेत भट्टसँग जोडिएको कम्पनीको सेयरमा आएको दाबी गरेका छन् ।

गृहमन्त्री गुरुङमाथि पछिल्लो समय सेयर लगानी र सम्पत्ति विवरणलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन् ।

उनको स्टाटस :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *