`

बालेन सरकारको डोजरले रास्वपा सांसद् केपी खनालको घर भत्काउँछ कि भत्काउँदैन ?

Nepal One HD २० वैशाख २०८३ १२:२७
बिशेष

काठमाडौं । बालेन सरकारको डोजरले रास्वपा सांसद् केपी खनालको घर भत्काउँछ कि भत्काउँदैन ? कि उनी रास्वपा सांसद भएकै कारण उनको घर जोगाइन्छ ? हेर्न बाँकी छ ।

उनको घर ऐलानी जग्गामा छ भन्ने स्वघोषणा उनी आफैंले गरेको चुनाव प्रचारमै हो ।

ऐलानी जग्गा सरकारी जग्गा हो । प्रधानमन्त्री बालेनको निर्देशनमा डोजरले सरकारी जग्गा मिचेर बनाएको, हडपेर बनाएको घरटहरा भन्दै सुकुम्बासीलाई उठिबास लगाइरहेका छन् ।

सबैलाई हुकुम्बासी भन्दै डोजरमार्फत राज्यआतंक मच्चाउँदा आज शक्तिहीन सुकुम्बासी नागरिकको बेहाल भएको छ । वर्षायाम छ, बालबालिकालाई स्कुल पठाउने बेला भएको छ, सुत्केरी आमाको बिजोक छ ।

विरामी र अशक्तहरूको रुवाबासी छ । १७ वर्षे रविन तामाङ र ६१ वर्षे इन्द्रबहादुर राईले बालेन सरकारको डोजर आतंक सहन नसकी जीवन अन्त्य गरेका छन् । बालबालिकाको स्कुल कहाँ हो ? टुंगो छैन ?

यस्तो अवस्थामा वास्तविक सुकुम्बासीको आँसु पिउँदै सिंहदरबारमा बिराजमान बालेनले सुकुम्बासीहरूले जस्तै ऐलानी जग्गामा घर बनाएका रास्वपा सांसद केपी खनाललाई बालेनको कृपा हुन्छ कि ध्वस्त हुन्छ ? प्रतिक्षा त्यसको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *