`

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६: अवार्ड समारोहका लागि आवेदन खुला

Nepal One HD २० वैशाख २०८३ १९:३१
समाचार

काठमाडौँ। वरिष्ठ नाटककार विजय मल्लसँग सम्बन्धित दुई ग्रन्थ आज लोकार्पण गरिएको छ ।नइ एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले डा साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईंद्वारा लिखित ‘विजय मल्ल’ नामक जीवनीकृतिको लोकार्पण गर्नुभयो ।

विजय मल्ल शताब्दी महोत्सव समापनका अवसरमा ती कृति विमोचन गरिएको हो । नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा केशव सुवेदीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा ग्रन्थकार डा साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईंले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पार्नुभएको थियो ।

महोत्वसका क्रममा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो ।सुविख्यात नाटककार, आख्यानकार तथा कवि मल्लको १९८२ सालमा जन्म भई र २०५६ सालमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *