आइपिएलमा आज चेन्नई र दिल्ली भिड्दै
नयाँदिल्ली। भारतको प्रतिष्ठित इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको महत्वपूर्ण चरणमा प्रवेश गरिरहँदा दुवै टिमका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ।
चेन्नईले पछिल्ला खेलहरूमा सन्तुलित प्रदर्शन गर्दै आएको छ। बलिङ र ब्याटिङ दुवैतर्फ उत्साहजनक लय देखाइरहेका कारण टिम आज पनि उत्कृष्ट खेल्ने अपेक्षा गरिएको छ।
दिल्ली भने लगातार जीतको खोजीमा छ। सुरूआती चरणमा लय पक्रन कठिन भए पनि पछिल्ला खेलहरूमा टिमले सुधारको संकेत दिएको छ।
दुवै टिमका स्टार खेलाडी उत्कृष्ट फर्ममा रहेकाले आजको भिडन्त निकै कडा र रोमाञ्चक हुनेछ भन्ने अनुमान गरिएको छ।
यस खेलको नतिजाले प्लेअफ चित्रमा पनि महत्वपूर्ण प्रभाव पार्ने भएकाले क्रिकेटप्रेमीहरूमा उत्साह झनै बढेको छ।
खेल आज साँझ ७ बजेर ४५ मिनेटमा दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ।
