इरानका सर्वोच्च नेता खामेनीसँग भेटवार्ता गरेको राष्ट्रपति पेजेस्कियानद्वारा जानकारी
तेहरान। इरानका राष्ट्रपति मसुद पेजेश्कियानले बिहीबार देशका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेटवार्ता गरेको बताउनुभएको छ।राष्ट्रपति पेजेश्कियानले उहाँहरूबीच कहिले भेटवार्ता भयो भनेर बताउनुभएन । “इरानका सर्वोच्च नेताको दूरदर्शिता, नम्र र इमानदार दृष्टिकोणले मलाई यो बैठकमा सबैभन्दा बढी प्रभावित बनायो,” सरकारी टेलिभिजनले प्रसारण गरेको एक भिडियोमा राष्ट्रपतिले भन्नुभयो ।
मध्यपूर्व युद्धको पहिलो दिन जसमा आफ्ना पिता र पूर्ववर्ती अली खामेनीको ज्यान लिएको अमेरिका–इजरायलको संयुक्त आक्रमणमा घाइते भएका मोजतबा सर्वोच्च नेता घोषित गरिए पनि अहिलेसम्म उहाँ सार्वजनिकरूपमा देखा पर्नुभएको छैन ।
सर्वोच्च नेता खामेनीले आफ्नो नियुक्तिपछि लिखित वक्तव्य मात्र जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आउनुभएको छ।खामेनीका पूर्ववर्ती तथा ८६ वर्षीय पिता अली खामेनीले इस्लामिक गणतन्त्र इरानको नेतृत्वमा तीन दशकभन्दा बढी समय बिताएपछि फेब्रुअरी २८ मा अमेरिकी आक्रमणबाट मृत्यु भएको थियो ।
अली खामेनीसन् १९८९ मा गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारी बन्नुभएको थियो ।
इरानको सर्वोच्च नेता छनौटका लागि जिम्मेवार ८८ सदस्यीय निकायको विज्ञहरूको सभाले मोज्तबाको नियुक्तिको घोषणा मार्च ९ मा गरेको थियो ।त्यसबेलादेखि, इरानको सडकमा ५६ वर्षीय खामेनीको तस्वीरहरू सर्वव्यापी भएका छन्, तर नयाँ नेताले सार्वजनिक मञ्चमा देखा पर्नुभएको छैन । यो उहाँका पिता तथा पूर्ववर्ती खामेनीको बारम्बार सावैजनिक उपस्थिति हुने प्रचलनको ठीक विपरीत हो।विश्लेषकहरूले युद्धका समय सार्वजनिक हुनुले उहाँको जीवनको सुरक्षामा चुनौती हुनसक्ने भएकाले उहाँले भूमिगत अवस्थामा सरकार र नेतृत्वको अभिभावकत्व गर्दै आउनुभएको बताउने गरेका छन् ।
