`

‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ सुरु

Nepal One HD २५ वैशाख २०८३ १८:४२
खेलकुद

भक्तपुर। सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ आजदेखि सुरु भएको छ ।सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा सुरु भएको प्रतियोगितामा जिल्लाभरिबाट २८ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले जानकारी दिनुभयो ।

वैशाख २६ गते शनिबार सम्पन्न हुने प्रतियोगिताको नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराईले उद्घाटन गर्नुभयो ।कार्यक्रमका सभापति एवं नगरपालिका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिकाले खेलकुदको विकासका लागि निःशुल्क प्रशिक्षणदेखि प्रतियोगिता गर्दै आएको बताउँदै युवाहरूलाई खेलमा आकर्षित गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न लागिरहेको बताउनुभयो ।

कार्यक्रममा समितिका सदस्यसचिव दीपक थापाले २६ गते शनिबार नगरप्रमुख वासुदेव थापाद्वारा प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

प्रतियोगितामा दोस्रो हुने टिमलाई रु ३० हजार, तेस्रो हुने टिमलई रु २० हजार, सान्त्वना हुने टिमलाई रु १० हजार नगद, शिल्ड, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।उच्च अर्थात् सबभन्दा बढी गोलकर्तालाई रु १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *