किन जाँदैछन् ‘ट्रम्प’ चीन भ्रमण ?
एजेन्सी। इरानसँगका विभिन्न विवाद बढिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट भविष्यमै चीनको राजकीय भ्रमण गर्न जाने भएका छन्।
चीनको विदेश मन्त्रालयका अनुसार ट्रम्प मे १३ देखि १५ सम्म चीन यात्रा गर्ने छन्। करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति चीन आउने भएकाले यो भ्रमण कूटनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ।
ट्रम्पको यात्रा प्रारम्भमा मार्चमा तय भए पनि मध्यपूर्वस्थित अस्थिरता र बढ्दो तनावका कारण स्थगित गरिएको थियो। अब पुनः तय गरिएको यस भेटमा राष्ट्रपति सी जिनपिङसँग उनले उच्चस्तरीय कुराकानी गर्नेछन्। भेटमा मध्यपूर्वको वर्तमान तनाव, विशेषतः स्ट्रेट अफ होर्मुजसम्बन्धी सुरक्षा चुनौती,मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ।
यसअघि केही दिनअघि इरानी विदेशमन्त्री अब्बास अराघची समेत चीन पुगेका थिए। जसलाई क्षेत्रीय कूटनीतिक गतिविधिको सक्रिय संकेतका रूपमा हेरिएको छ।
चीनले स्ट्रेट अफ होर्मुजलाई विश्वको अत्यन्त महत्वपूर्ण व्यापारिक मार्ग भन्दै यसको अवरुद्धी कुनै पनि पक्षका लागि ‘सही विकल्प नभएको’ टिप्पणी गरेको थियो।
