`

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

Nepal One HD २८ वैशाख २०८३ ११:२५
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका चालु कार्यक्रम, विकास निर्माणका काम तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ। साथै केही महत्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने स्रोतले जनाएको छ।

यस वर्ष सरकारले ढिलो गरी बजेट अधिवेशन बोलाएकाले अधिवेशनको पहिलो दिन (सोमबार) नै राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।

संसद्का प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको पहिलो दिन संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुने र निर्णयार्थ पेश गरिनेछ। पारित भएपछि प्रि–बजेट (बजेटपूर्व छलफल) प्रक्रिया सुरु हुने जनाइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *