`

‘मकै बारी दराम दराम’ गीतकी गायिका सुष्माले १४ वर्षपछि पास गरिन् एसइई

Nepal One HD २९ वैशाख २०८३ १७:१३
मनोरञ्जन

काठमाडौं । ‘मकै बारी दराम दराम’ गीतबाट चर्चामा आएकी लोकदोहोरी गायिका सुष्मा शाही ठकुरी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल भएकी छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उनले ३.२५ जीपीएसहित ए ग्रेड प्राप्त गर्दै परीक्षा उत्तीर्ण गरेकी हुन् । सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै उनले यो सफलता आफ्नो कल्पनाभन्दा बाहिरको भएको उल्लेख गरेकी छन् ।

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी सुष्माले कपनको दीक्षालय स्कुलबाट परीक्षा दिएकी थिइन् । उनले १४ वर्षपछि पुनः पढाइमा फर्किएर एसइई उत्तीर्ण गरेकी हुन् ।

२०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा भागी विवाह गरेका कारण पढाइलाई निरन्तरता दिन नसकेको उनले बताएकी छन् । अहिले भने उनले पुनः अध्ययनलाई अगाडि बढाइरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *