राखेपले गर्यो एन्फामाथिको निलम्बन फुकुवा
खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
एन्फा महासचिवसहितका पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतसँग छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति बनेको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार फुकुवाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई जानकारी गराएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ । उनले निलम्बन फुकुवासँगै नेपाली महिला टोलीको साफ महिला च्याम्पियनसिपमा सहभागिता सम्भावना बढेको बताए ।
यसअघि राखेपले एन्फाले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार गत चैत ११ गते एन्फा नेतृत्वलाई निलम्बन गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
