`

नेपाल ९ विकेटले विजयी

Nepal One HD २ जेठ २०८३ १५:२८
खेलकुद

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थितत्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्य नेपालले ३६ दशमलव ४ ओभरमा पूरा गर्दै सहज जित हात पारेको हो ।

नेपालको जितमा कुशल भुर्तेल चम्किए । उनले ११८ बलमा अविजित १२० रन बनाउने क्रममा १२ चौका र ४ छक्का प्रहार गरे । आशिफ शेखले ७२ बलमा २८ रन जोड्दा इशान पाण्डे २० रनमा अविजित रहे । अमेरिकाका मोहम्मद मोहसिनले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ४३ दशमलव ३ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो । उसका लागि स्मित पटेलले सर्वाधिक ८३ रन बनाए भने सहन जयसूर्याले ५० तथा मिलिंद कुमारले २८ रनको योगदान दिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ७ दशमलव ३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ विकेट हात पार्दा सन्दीप लामिछाने र गुलशन झाले समान १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *