अनिस लिम्बू र शान्ती श्री परियारको “छल गर्यो मायाले” गीत सार्वजानिक(भिडियो सहित)
भिडियो
काठमाडौं – गायक अनिस लिम्बू र शान्ती श्री परियारको “छल गर्यो मायाले” बोलको गीत सार्वजानिक भएको छ।हालै सार्वजानिक उक्त गीतमा वास्तविक जीवन शैलीमा आधरीत गहिरो माया प्रेमका कुराहरु दर्शाउन खोजिएको छ। लेक बेसी र गैरी खेतमा धान गहुँ काट्दा लगाइने माया प्रेमलाई शो गीतको म्युजिक भिडियोमा दर्साउन खोजिएका छन्।
शो गीतमा अनिस लिम्बू र शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ भने शब्द संगीत मनिपाल राईको रहेको छ।भिडियो तर्फ चर्चित सिरियल जुठेका अभिनेत्री जुनकिरी मैया साव “सरीता ढुङ्गाना” र अर्जुन खड्काको लिड नृत्य रहेको छ ।
भिडियोलाई आकर्षक बनाउन लोकेसन र कोरसलाई पनि प्राथमिकता दिइएको छ। बिसाल थापाले छायाँकन गरेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्।खगेन्द्र गीरीको कोरियोग्राफीमा बिजय मगरले निर्देशन गरेका छन् ।भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
