आज पनि संसदमा पर्चा देखाउँदै हर्क साम्पाङको विरोध
फोटोफिचर
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार पनि विरोध जनाएका छन् ।
संसद बैठक सुरु हुनासाथ उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने माग गर्दै उठेर विरोध गरेका हुन् ।
साम्पाङ संसद्मा प्लेकार्डसहित उभिएका थिए । उनले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने माग दोहोर्याएका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद ‘डीपी’ अर्यालले साम्पाङले उठाएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद् सचिवालयसँग छलफल गर्ने बताएका थिए । सभामुखको उक्त भनाइपछि बैठकको कार्यसूची अघि बढाइएको थियो ।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट

















