`

५ सयले बढ्यो सुनको मूल्य

Nepal One HD ५ जेठ २०८३ १२:०५
अर्थ समाचार

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर दुई लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि प्रतितोला पाँच हजार ८५ रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *