`

ट्रम्पलाई क्युबाका राष्ट्रपति क्यानेलले दिए रक्तपातको चेतावनी

Nepal One HD ५ जेठ २०८३ १४:२७
विश्व

एजेन्सी। क्युबाका राष्ट्रपति मिगुएल डियाज-क्यानेलले अमेरिकाले आफ्नो देशविरुद्ध सैन्य कारबाही गरे अकल्पनीय परिणामसहितको रक्तपात हुन सक्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले क्युबाले कुनै पनि देशविरुद्ध आक्रामक योजना नबनाएको र अमेरिकाका लागि खतरा नबनेको स्पष्ट पारे ।

‘क्युबाले कुनै देशलाई धम्की दिएको छैन । अमेरिकाविरुद्ध पनि हाम्रो कुनै आक्रामक योजना छैन,’ उनले भने ।

डियाज-क्यानेलले क्युबामाथि अमेरिकाले बहुआयामिक दबाब सिर्जना गरिरहेको आरोप पनि लगाए । उनले कुनै पनि सैन्य हमला भए क्युबाले आत्मरक्षाको पूर्ण अधिकार प्रयोग गर्ने चेतावनी दिएका छन् ।

हाल क्युबा र अमेरिका बीचको सम्बन्ध दशकौँयताकै कमजोर अवस्थामा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबामाथि नयाँ प्रतिबन्धहरू लगाएको छ। भने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले थप प्रतिबन्ध आउन सक्ने संकेत गरेका छन् ।

नयाँ प्रतिबन्धअन्तर्गत क्युबाका गुप्तचर निकाय, गृह मन्त्रालय तथा उच्च अधिकारीहरूलाई लक्षित गरिएको छ ।

यसैबीच क्युबामा ऊर्जा संकट गहिरिँदै गएको छ । रूसबाट आएको अन्तिम तेल आपूर्ति समाप्त भएसँगै लामो समयसम्म विद्युत् कटौती हुने चेतावनी सरकारी अधिकारीहरूले दिएका छन् ।

अमेरिकी नयाँ नियमका कारण प्रमुख ढुवानी कम्पनीहरूले क्युबासँगको सेवा बन्द गरेपछि खाद्यान्न अभाव झन् बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *