`

म रोष्ट्रम छोड्दै छोड्दिन भनेपछि(भिडियाे)

Nepal One HD ५ जेठ २०८३ १३:५२
नेकपा एमाले

काठमाडौं। सभामुख डोलप्रसाद अर्याले प्रतिनिधि सभा बैठक स्थगित गरेका छन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिनै विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउँदा सत्तारुढ रास्वपा र विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरे ।

नयाँको नाममा स्थापित परम्परा भत्काउँदै अर्थमन्त्रीको उपस्थिति बिना विनियोजन विधेयकमाथिको छलफल चलाउनु सान्दर्भिक नहुने भन्दै सांसदहरूले विरोध गरे ।

विपक्षी दल एमालेका सांसद राजेन्द्र राईले अर्थमन्त्रीको उपस्थितिबिना बैठकमा आफ्नो कुरा नराख्ने बताए ।

सभामुख अर्यालले सांसद राईलाई कुरा राख्दै गर्दा अर्थमन्त्री आइपुग्ने र बोल्ने समय अर्थमन्त्री आइपुगेपछि गणना गर्ने भनेका थिए ।

सभामुखको यस्तो प्रस्ताव सांसद राईले अस्वीकार गरे । उनी चुपचाप रोस्ट्रममा बसे । यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।\

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *