नेप्से लाग्यो ओरालो
काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से परिसूचक घटेको छ । नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको हो ।
तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
यसदिन ३४६ वटा धितोपत्रको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार विवरणअनुसार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
मूल्य वृद्धिमा कर्पोरेट डेभलपमेन्ट अगाडि देखिएको छ । उक्त कम्पनीको सेयर मूल्य १४.२६ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ६.४१ प्रतिशतले बढेर ३७३ रुपैयाँ ५० पैसा पुगेको छ ।
सबैभन्दा धेरै घट्नेमा सिटी होटल रहेको छ । यसको मूल्य ६.८४ प्रतिशतले घटेर ३६८ रुपैयाँमा झरेको छ ।
थ्री स्टार हाइड्रोपावरको मूल्य पनि ५.८२ प्रतिशतले घटेर ५५० रुपैयाँ कायम भएको छ ।
कारोबार रकमका आधारमा सिटी होटल शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६८ रुपैयाँ दरमा २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोस्रो स्थानमा साहस ऊर्जा रहेको छ, जसको ६५३ रुपैयाँ दरमा ९ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
क्षेत्रगत परिसूचकतर्फ १३ मध्ये ४ समूहको सूचक बढेको छ भने ९ समूह घटेका छन् । व्यापार समूहको सूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
