`

प्रधानन्यायाधीश शर्माले लिए पद तथा गोपनियताको सपथ

Nepal One HD ५ जेठ २०८३ १८:५२
प्रमुख खबर

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका हुन्। 

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह पनि उपस्थित थिए।

राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएपछि प्रधानन्यायाधीश शर्माले न्यायपालिका प्रति निष्पक्षता र संविधानको सर्वोच्चता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

शपथ समारोह शीतल निवासमा उच्च सरकारी अधिकारी, न्यायपालिका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको हो।

शर्मालाई मंगलबार बसेको संसदीय समितिको बैठकले सर्वसम्मत रुपमा प्रधानन्यायाधिशमा अनुमोदन गरेको थियो। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *