`

काङ्ग्रेसले उठायो सभामुख कै भूमिकामाथि प्रश्न, हर्कबारे यस्तो धारणा ?

Nepal One HD ७ जेठ २०८३ ११:५३
नेपाली कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखबाट निष्पक्ष भूमिका नदेखिएको टिप्पणी गरे ।

उनले भने, ‘पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन ।’

सांसद राईले श्रम संस्कृति पार्टीले केही दिनदेखि संसदमा प्लेकार्ड देखाएर सरकारको ध्यानाकर्षण गराउँदै आएको प्रसंग उल्लेख गर्दै त्यसलाई अमर्यादित व्यवहार भनिएकोमा आपत्ति जनाए ।

उनले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदमा निलो स्कार्फ बाँधेर विरोध जनाएको प्रसंग स्मरण गराउँदै सभामुखसँग प्रश्न गरे ।

उनले भने, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’

राईले विगत र वर्तमान दुवै गतिविधिलाई मर्यादाविपरीत मान्नुपर्ने धारणा राख्दै संसदको गरिमा जोगाउने जिम्मेवारी सभामुखकै हुने बताए ।

उनका अनुसार संसदमा सबै दललाई समान व्यवहार हुनुपर्ने र सभामुखले निष्पक्ष ढंगले बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *