`

आकस्मिक समयमा सभामुखले बोल्न नदिएपछि…

Nepal One HD ७ जेठ २०८३ १२:२३
बिशेष

काठमाडौं । आकस्मिक समयमा केही सांसदलाई बोल्ने समय नदिइएको भन्दै विरोध भएपछि प्रतिनिधिसभा बैठक केहीबेर प्रभावित बनेको छ ।

बिहीबारको बैठकमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय दिए पनि अन्य केही सांसदलाई अवसर नदिएको भन्दै असन्तुष्टि जनाइएको थियो ।

समय नपाएका सांसदहरू उठेर विरोध जनाएपछि बैठकमा केहीबेर अवरोधको अवस्था सिर्जना भएको थियो ।

त्यसपछि सभामुख अर्यालले सांसदहरू राजेन्द्र राई, इन्दिरा राना र बलावती शर्मालगायतलाई बोल्न समय निर्धारण गरेका थिए ।

सभामुखले समय व्यवस्थापनका आधारमा बोल्ने अवसर दिइएको बताए पनि केही सांसदहरूले समान अवसरको माग गर्दै आपत्ति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *