`

प्रतिपक्षी आवाजलाई बेवास्ता गर्दै सभामुख अर्याल, संसद् बैठक अवरुद्ध

Nepal One HD ७ जेठ २०८३ १६:५२
बिशेष

काठमाडौं । प्रतिनिधि सभा बैठक फेरि अबरुद्ध भएको छ । प्रतिपक्षी दलहरूका सांसदहरू उठेर विरोध गरेका हुन् । उनीहरूले वेलमा आएर नाराबाजी गरेका छन् ।

उनीहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गराउन माग गरेका थिए । उनीहरूले प्रधानमन्त्री बालेनलाई संसदप्रति उत्तरदायी बनाउनुपर्ने, प्रतिनिधि सभा नियमावली कार्यान्वयन गर्न भन्दै नाराबाजी गरे ।

यद्यपि, सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री बालेनको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौमतलाई प्रतिनिधि सभा नियमावली (पहिलो संशोधन २०८३) माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।

यसपछि विपक्षीहरू झनै आक्रोशित भएका छन् । उनीहरूले यतिबेला नाराबाजी गरेका छन्, जसले संसद् बैठक अवरुद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *