जी.ओ. अटोमोबाइल्स ले नेपालमा ल्यायो ‘एमजी हेक्टर’ [फोटो-फिचर]
फोटोफिचर
काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालमा एमजी मोटर इन्डियाको नयाँ एसयूभी ‘एमजी हेक्टर’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । प्रारम्भिक मूल्य ६६.९९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गर्दै बिक्री-वितरण समेत सुरु गरिएको हो ।
कम्पनीका अनुसार पछिल्लो समय बजारमा ल्याइएका एमजी विन्डसर र एमजी कमेटको सफलतापछि नयाँ मोडेलका रूपमा एमजी हेक्टर नेपाली बजारमा ल्याइएको हो ।
नयाँ एसयूभीलाई आधुनिक डिजाइन, प्रविधियुक्त सुविधा र सेग्मेन्टअनुसारका विशेषतासहित प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट








