`

बागमती मन्त्रिपरिषद् बैठकः प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान गर्न सिफारिस

Nepal One HD ८ जेठ २०८३ ६:२१
राजनीति

हेटौँडा। बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

सो बैठकले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन पदमा डा त्रिलोचनचन्द्र झा र धादिङ जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डन डा नवीन महासेठलाई पदस्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रभात तामाङले राससलाई जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *