मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन
प्रमुख खबर
जनकपुर। मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन् ।संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको हो ।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा एकता भए पनि मधेस प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालय रहेका थिए ।
सङ्घमा एक भएजस्तै प्रदेशस्तरमा दुवै दलबीच एकताको टुङ्गो लागिसकेपछि मधेस प्रदेशको दलको नेतामा पूर्वमुख्यमन्त्री यादव सर्वसम्मतले चयन भएका हुन् ।
मधेस प्रदेशसभामा जसपा तथा लोसपा एक भएर जसपा नेपाल भएपछि मधेस प्रदेशमा २६ प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । जसपा नेपालका दुई जना प्रदेशसभा सदस्य हाल निलम्वनमा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
