काभा महिला भलिबल : नेपालले भारतसँग खेल्दै
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित सेन्ट्रल एसियाका ८ टोली सहभागी छन् ।
च्याम्पियनसिपको पहिलो दिन उद्घाटन समारोहसहित तीन खेल हुने तालिका रहेको छ । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल बिहान ११ बजे समूह ‘बी’ का इरान र बंगलादेशबीच हुनेछ । त्यसपछि दिउँसो २ बजे उद्घाटन समारोह आयोजना गरिनेछ । उद्घाटनपछि दिउँसो ३:३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
दिनको अन्तिम खेलमा समूह ‘ए’ का किर्गिस्तान र माल्दिभ्स साँझ ६ बजे आमनेसामने हुनेछन् ।
च्याम्पियनसिपमा समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजाखस्तान, श्रीलंका र बंगलादेश सहभागी छन् ।
